
- अर्थ सरोकार सम्बाददाता
दैलेख । आत्महत्या गरेका दैलेखका एक युवाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । आत्म हत्या गरेका दुल्लु नगरपालिका–१० छुवाला घर भएका २१ वर्षिय युवाको कोरोना परिक्षण गर्दा पोजेटिभ रिपोट आएको हो । जेठ ११ गते भारतको अहमदाबादबाट आएका दुल्लु नगरपालिका–१० का २१ वर्षीय ती युवकले मंगलबार आत्महत्या गरेका थिए। सोही दिन उनको स्वाब संकलन गरी पिसिआर गर्न सुर्खेत पठाइएको थियो। पिसिआर गर्दा उनमा कोरोना पोजेटिभ देखिएको मेयर घनश्याम भण्डारी बताए।
भारतबाट आएलगत्तै दुल्लु नगरपालिकाको ज्वाला माविमा बनाइएको क्वारेन्टाइनमा उनलाई १४ दिन राखिएको थियो। आरडिटी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनलाई जेठ २५ गते घर पठाइएको मेयर भण्डारीले बताए। ‘क्वारेन्टिनमा १४ दिन बसेपछि गरिएको आरडिटीमा कोरोना नेगेटिभ आएको थियो,’ मेयर भण्डारीले भने, ‘आत्महत्या गरेपछि गरिएको पिसिआरमा भने रिपोर्ट पोजेटिभ आयो, यसले समुदायमा पनि त्रास बढाएको छ।’ आत्महत्यापछि कोरोना पुष्टी भएका युवाको गाउँका ६० जनाको स्वाब संकलन गर्न लागिएको छ। ती युवा बस्ने वरपरका ६० जना छिमेकीको शनिबार स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि सुर्खेत पठाउन लागिएको मेयर भण्डारीले जानकारी दिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्