
- अर्थ सरोकार सम्बाददाता
विराटनगर । प्रदेश १ बाट शनिबार थप १२ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् । शनिबार राति झापाका १८ देखि ५८ वर्ष उमेर समूहका १२ जना डिस्चार्ज भएका हुन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत १२ जनाको दुई पटक गरिएको पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गरिएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए । अस्पतालमा अब ८३ जना उपचारत छन् ।
शनिबार सात जना थपिएपछि प्रदेश १ मा संक्रमितको संख्या २४७ जना पुगेको छ । तीमध्ये ९० जना उपचारपछि घर फर्किएका छन् । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार शनिबार मोरङको बुढीगंगा गाउँपालिकामा १, सुनबर्सी नगरपालिकामा १, सुनसरीको धरान उपमहानगरपालिकामा १, भोक्राहा नरसिंह गाउँपालिकामा ४ जनामा कोरोना संक्रमण देखिएको हो ।
संक्रमितको विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र पूर्वाञ्चल विश्वविद्यालय अस्पताल गोठगाउँमा उपचार भइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्