Skip to content
LAXMI SUNRISE BANK

राज्यमन्त्रीकी स्वकीय सचिवमा कोरोना पोजेटिभ, गण्डक अस्पतालको आइसोलेसनमा भर्ना

अर्थ सरोकार

जनकपुरधाम
  • अर्थ सरोकार सम्बाददाता 
जनकपुरधाम । प्रदेश २ को आर्थिक मामिला तथा योजनामन्त्री उषा यादवकी स्वकीय सचिवमा कोरोना  पोजेटिभ देखिएको छ । ३० बर्षीया उनलाई वीरगञ्जस्थित गण्डक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए । उनी बिहीबार (हिजो) राज्यमन्त्री यादवकै घरमा बसेकी थिइन् ।
उनलाई भर्ना गरिएपछि राज्यमन्त्री यादवको घरमा ट्रेसिङ सुरु भएको उनले बताए । प्रदेशसभाको बैठक सञ्चालनअघि प्रदेशका मन्त्री, सांसद, उनीहरुका स्वकीय सचिव, कर्मचारी र मर्यादापालकहरुको स्वाब संकलन गरी जाँच गरिएको थियो । रिपोर्ट आएकामध्ये ५ जना मर्यादापालक (प्रहरी) र मन्त्रीका स्वकीय सचिवसहित ६ जनाको पोजेटिभ देखिएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK