
- अर्थ सरोकार सम्बाददाता
हेटौंडा । वाग्मती प्रदेशका सरकारी निकायले असारमा मात्र विकासका बजेट खर्च गर्ने क्रम यसवर्ष पनि जारी रहने देखिएको छ । चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा वाग्मती प्रदेशमा कुल २४ प्रतिशत मात्र बजेट खर्च भएको तथ्यांकले देखाएको छ । प्रदेशको कुल चालूखर्चको ३० प्रतिशत र पूँजीगत खर्चको २० प्रतिशत मात्र बजेट खर्च भएको देखिएको छ ।
विगतका दिनमा बजेट फ्रिज हुने भएपछि मात्र चासो दिने गरिएको थियो । गत आर्थिक वर्षको असारको २५ गतेसम्म जम्मा पूँजीगत खर्च रू.५५ करोडमात्र भएको छ । बाँकी पाँच दिनको अबधिमा रू.३३ करोड खर्च गरिएको थियो । सरकारी कार्यालयमा असारको अन्तिममा मात्र खर्च गर्ने परिपाटी अन्त्य नभएका कारण असारको अन्तिम सातामात्र बढी रकम खर्च भएको तथ्यांकले देखाएको छ । प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय हेटौंडाले दिएको जानकारी अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयको ११ दशमलव ५९ प्रतिशत मात्र बजेट खर्च भएको छ ।
भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्रालयले १६ प्रतिशतमात्र बजेट खर्च गरेको छ । प्रदेश नीति तथा योजना आयोगले पनि १८ प्रतिशतमात्र बजेट खर्च गरेको छ । वाग्मती प्रदेशका स्थानीय तहहरुले चालू आवको वैशाख मसान्तसम्ममा ४३ दसमलव ७३ प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक हरिप्रसाद उपाध्यायले जानकारी दिए । गत वैशाख मसान्तसम्ममा पूँजीगत खर्च १० प्रतिशतभन्दा कम खर्च गर्नेमा प्रदेश व्यवस्थापिका, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, प्रदेश नीति तथा योजना आयोग रहेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्