
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ६ सय ४२ पुगेको छ । यसमध्ये ४ सय ९५ जना उपचारमा रहेका छन भने ७५ जना निको भएर घर फर्किसकेका छन् । बाँके, गुल्मी र अर्घाखाँचीमा १/१ जनागरी ३ जनाको मृत्यु भएको छ । सोमबार प्रदेश ५ का सात जिल्लामा ६९ जना नयाँ संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । थप भएका सात जिल्लाहरुमा बाँके ७, कपिलबस्तु ४७, गुल्मी १, रुपन्देही २, पाल्पा २, नवलपरासी १, दाङ्गमा ९ जना रहेका छन् । अहिलेसम्म धागो कारखानामा ४६ जना भर्ना भएकोमा ३१ जनाको उपचार भैरहेको छ भने १५ जना डिस्चार्ज भएर गई सकेका छन् । भिम अस्पताल भैरहवामा २५ जना भर्ना भएकोमा सबै डिस्चार्ज भएका छन् ।
बेलझुण्डी दाङ्गमा ५९ जना भर्ना भएकोमा ५१ जनाको उपचार भई रहेको र ८ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्यमहाशाखा प्रमुख डा उमाशंकर प्रसाद चौधरीले जानकारी दिए । यस्तै शुसिल कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेमा ४४ जना भर्ना भएकोमा १८ जनाको उपचार भईहेको र २६ जना डिस्चार्ज भएका छन् । कोभिड–१९ को अलाक्षणिक केसमा उपचाररत हुनेमा लायन्स डेन्टल अस्पताल बाकेमा २३ जना, पिपरी आईसोलसन केन्द्र बाँकेमा ४१ जना, कृषि तालीम केन्द्र बाँकेमा ३९ जना, नेपाल राष्ट्रिय मावि राप्ती सोनारी मा ११ जना, सकुरवा डुडुवा आईसोलेसनमा १८ जना, बैजनाथ आईसोलसन केन्द्रमा ७ जना रहेको डा. चौधरीले वताए ।
कपिलवस्तु अस्पतालबाट १ जना डिस्चार्ज भएको र गणेशपुर आईसोलेसन केन्द्रमा १७ जना उपचाररत रहेका छन् । बनकटवामा १ जना, मायादेवी आईसोलेसनमा ११ जना, जानकी माविमा ४७ जना, आयसा गल्र्स कलेज कृष्णनगरमा २७ जना, अनिरुद्ध आईसोलसन केन्द्रमा ८८ जना, सुपादेउराली आईसोलसन केन्द्र चन्द्रौटामा ४ जना, महिला विकास होम तम्घासमा १ जना, एन्फा बुटवलमा २० जना, युवा बर्ष जनता रवि चित्र मावि अर्घाखाँचीमा २ जना, शिक्षण अस्पतालमा १ जना, टेकु सरुवा रोग अस्पतालमा २ जना, कृष्णनगरको होटलमा ५ जना, धुलिखेल अस्पतालमा १ जना, गुल्मी धुर्कोटमा २ जना उपचार्रत रहेका छन् ।
जिल्लागत रुपमा बाँकेमा ३ हजार ८ सय ९४ जना, बर्दियामा ४ सय ४ सय ६० जना, अर्घाखाचीमा ३ हजार ९ सय ५०, कपिलबस्तुमा ४ हजार ५ सय ३०, गुल्मी २ हजार ९ सय २४, रुपन्देही ३ हजार ३ सय ३४, पाल्पा १ हजार २ सय ८८, नवलपरासी १ हजार ३ सय ७६, दाङ्ग ४ हजार ८ सय ६८, रोल्पामा १ हजार ९ सय ९८, रुकुम पूर्व २ सय ८७ जना र सबै भन्दा बढी प्युठानमा ६ हजार ३ सय ५९ जना क्वारेन्टाईनमा बसेका छन् । प्रदेश ५ मा २३ हजार ९ सय ६३ जनाको आरडिटी परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । जसमध्ये २२ हजार ५ सय १ वटा नेगेटिभ र १ हजार ४ सय ६२ पोजिटिभ रहेका छन् ।
१ हजार ४ सय ६२ पोजेटिभ मध्ये बाँकेमा १ सय १५, बर्दिया २, अर्घाखाची ४, कपिलबस्तु ९ सय ८१, गुल्मी ४, रुपन्देही २ सय ९२, पाल्पा १४, नवलपरासी १७, दाङ्ग ३, रोल्पामा १, प्यूठानमा २९ जनाको आरडिटी परीक्षण पोजेटिभ देखिएको छ । जिल्लागत संक्रमितको संख्यामा सबैभन्दा बढी कपिलवस्तुमा ३ सय १७ जना रहेका छन् । बाँकेमा १ सय ९६, बर्दिया १०, अर्घाखाची ३, गुल्मी ५, रुपन्देही ५२, पाल्पा ५, नवलपरासी ६, दाङ्ग ४५, रुकुम पूर्व ३ जना रहेका छन् । अहिलेसम्म प्रदेश ५ का १० जिल्लामा संक्रमण देखिएको छ भने प्युठान र रोल्पा जिल्लामा संक्रमण देखिएको छैन ।
प्रदेश ५ मा ३ वटा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाण्डौ गरि ४ वटा प्रयोगशालाबाट थ्रोट संकलन गरि कोभिड–१९ संक्रमित हो वा हैन भन्ने निक्यौल गर्ने गरिएको छ । प्रदेश ५ मा अहिले सम्म १५ हजार ५ सय ९१ थ्रोट स्वाब संकलन गरिएकोमा १० हजार ६ सय २४ नेगेटिभ देखिएका छन भने ४ हजार ३ सय ९८ नतिजा आउने प्रक्रियामा रहेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १ हजार ५ सय ६२ वटा, प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा ८ सय ६७, भेरी अस्पतालमा ५ सय ९४, राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङ्गमा १ हजार ३ सय ७५ वटा स्लाईड प्रक्रियामा रहेका डा. चौधरीले बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्