×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुदुरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ४३ पुग्यो, ६ संक्रमित उपचारपछि घर फर्के

PRIME CA
GLOBAL IME BANK

सुदुरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ४३ पुग्यो, ६ संक्रमित उपचारपछि घर फर्के

२० जेष्ठ २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
कैलाली । सुदुरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ४३ पुगेको छ । पछिल्लो समय भारतवाट आएकाहरुमा कोरोनाको संक्रमण पुष्टि हुन थाले पछि संक्रमितको संख्यामा वृद्धि भएको हो । सोमबार थप १८ जना कोरोनाको संक्रमण पुष्टि भएसंगै प्रदेशमा संक्रमितको संख्या ४३ पुगेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखाले जानकारी दिएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणबाट थप १८ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको थियो । यता, ६ जना संक्रमित भने उपचारपछि घर गइसकेका छन ।
नयाँ फेला परेका संक्रमतिमा धनगढी उपमहानगरपालिकाका १ जना पुरुष तथा गौरीगंगा नगरपालिकाका ९ जना पुरुष रहेका छन् । सोही ठाउँ बस्ने तीन जना महिला र कैलालीको बर्दगोरिया गाउँपालिका बस्ने १ जना पुरुषमा संक्रमण देखिएको छ । त्यसै गरि अछाम चौरपाटी गाउँपालिका ३३ वर्षका १ जना पुरुष, डोटी शिखरनगरपालिका २५ का १ जना पुरुष, बैतडी पाटन नगरपालिका ३४ का १ जना पुरुष र कञ्चनपुर शुकलाफाटा नगरपालिका बस्ने ११ महिनाका बालकमा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ ।
संक्रमितहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । ६६८२ जनाको स्वाब नमुना संकलन गरिएको र ५७६७ जनामा परीक्षण गरिएको उनले वताए । ५७४२ को भने रिपोट नेगेटिभ छ भने ९१५ को थ्रोट स्वाव नमुनाको नतिजा आउन बाँकी रहेको छ । आरडिटी विधिवाट २२,५४५ जनाको परिक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । ४९,९५३ जना व्यक्तीहरु क्वारेन्टाइनमा रहेका छन् भने ३० जना आईसोलेसनमा रहेर उपचार गराईरहेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: