×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हालसम्म देशभर ३३ जना प्रहरीमा कोरोना संक्रमण पुष्टी, १४ जना निको भए

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

हालसम्म देशभर ३३ जना प्रहरीमा कोरोना संक्रमण पुष्टी, १४ जना निको भए

Artha Sarokar

२५ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपालमा हालसम्म ३३ जना प्रहरीमा कोरोना संक्रमण पुष्टी भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार कपिलवस्तुमा २ जना, बारामा ७, धनकुटामा २, बाँकेमा १, धनुषामा ९, सप्तरीमा २ र सिरहामा २ जनामा कोरोना संक्रमण देखिएको हो । साथै सर्लाहीमा १ जना, जुम्लामा २, जाजरकोटमा १ र काठमाडौं उपत्यकामा ४ जना प्रहरीलाई कोरोना संक्रमण पुष्टी भएको हो ।
संक्रमित ३३ मध्ये १४ जना भने संक्रमणमुक्त भइसकेका छन् भने अन्यको विभिन्न अस्पतालका आइसोलेसनमा उपचार भइरहेको छ । प्रधान कार्यालयले स्वास्थ्य सतर्कता अपनाएर प्रहरी परिचालन भएको जनाएको छ । देशभरका सबै युनिटमा क्वारेन्टिनमा निर्माण गरिएको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी