
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – प्रिमियर इन्स्याेरेन्स कम्पनी लिमिटेडले २६औं वार्षिक साधारणसभा बोलाएकाे छ । कम्पनीकाे बिहीबार बसेको सञ्चालक समितिको बैठकले सभा हुने मिति र स्थान तय गरेको छ । कम्पनीको सभा असार १९ गते प्रिमियर भवन नक्साल काठमाडौंमा बिहान ११ बजे हुने भएको छ। यस्तै, कम्पनीले सभा प्रयोजनको लागि असार ४ गतेदेखि असार १९ गतेसम्म बुकक्लोज गर्ने भएको छ ।
त्यसैगरी, सभामा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक ताेक्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरिनेछ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्