- अर्थ सरोकार सम्बाददाता
काठमाडौं। सिभिल लघुवित्त वित्तीय संस्थाको बोनस सेयर र हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । संस्थाको ५% बोनस सेयर र १००% हकप्रदमा मूल्य समायोजन भएको हो । मूल्य समायोजनपछि संस्थाको प्रतिकित्ता ५४७ रुपैयाँलाई आधार मानेर सोमबार कम्पनीको सेयर कारोबार खुलेको छ ।
संस्थाले ५% बोनस सेयर र १००% हकप्रद सेयर वितरण गर्ने प्रस्ताव पारित गर्न असार २६ गते साधारणसभा बोलाएको छ । यो सभा, होटल आर्किट परिसर, त्रिपुरेश्वर बिहान ११ बजे सुरु हुनेछ ।
सभामा संस्थाले आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने एजेन्डा रहेको छ । लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश हुँदैछ । सर्वसाधारण सेयरधनीको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्