×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइम लाइफ इन्स्योरेन्सले १२.५% बाेनस पारित गर्न असार २९ मा बोलायो साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?

PRIME CA

प्राइम लाइफ इन्स्योरेन्सले १२.५% बाेनस पारित गर्न असार २९ मा बोलायो साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?

७ असार २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले बाह्रौँ वार्षिक साधारण सभा असार २९ गते बोलाएको छ । कम्पनीको उक्त साधारणसभा अग्रवाल भवन, कमलपोखरी, काठमाडौँमा दिनको २ बजेबाट शुरु हुनेछ ।
सभामा कम्पनीले १२.५% बाेनस शेयर र बाेनस शेयरमा लाग्ने कर प्रयाेजनका लागी १ करोड २३ लाख ३४ हजार ४४१ रूपैयाँ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गरिने छ। त्यसैगरी, सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ ।
कम्पनीले सभाका लागि असार १९ गते (एक दिन) बुकक्लोज गर्ने भएको छ । तसर्थ असार १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: