Skip to content
LAXMI SUNRISE BANK

शैक्षिक संस्था बन्द अवस्थामा शुल्क नतिर्न अभिभावकलाई नेविसङ्घको आग्रह

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल विद्यार्थी सङ्घले शैक्षिक संस्था पूर्णरुपमा नखुलेसम्म विद्यालयमा कुनै पनि शुल्क नतिर्न अभिभावकलाई आग्रह गरेको छ । नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले एक विज्ञप्ति जारी गरी बन्दाबन्दीका कारण घरमै सीमित भएर बसेका विद्यार्थीलाई शैक्षिक शुल्क चुक्ता गर्न लगाउनु हास्यास्पद कुरा भएको बताए । 
नेविसङ्घका महामन्त्री दीपक भट्टराईले शिक्षा मन्त्रालयको वैशाख २२ को मन्त्रिस्तरीय निर्णयलेसमेत अर्को निर्णय नभएसम्म कुनै पनि तहको भर्ना नगर्नु, नगराउनु भन्ने आदेश गरे पनि विद्यालय सञ्चालकले गरेको आग्रह दुःखद् भएको बताए । उनले प्याब्सन र एनप्याब्सनले यसरी रकम तिर्न अपिल गरे पनि शिक्षा मन्त्रालय मुकदर्शक बनेको आरोपसमेत लगाए ।
नेविसङ्घले प्याब्सन र एनप्याब्सनलाई तुरुन्त उक्त निर्णय फिर्ता लिन आग्रहसमेत गरेको छ । शैक्षिक संस्था बन्द भएको अवधिमा निजी विद्यालयले शुल्क असुले नेविसङ्घ आन्दोलनमा उत्रने चेतावनीसमेत दिएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK