
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । भारतीय ट्रान्पोर्टर र क्लयेरिङ एजेन्टले काम बन्द गर्ने घोषणा गरेका छन् । भारतको सुनौली भन्सारलाई केन्द्र नबाएर काम गर्ने भारतीय ट्रान्पोर्टर र क्लयेरिङ एजेन्टले काम बन्द गर्ने घोषणा गरेका हुन् । भन्सार क्लेयरिङ प्रक्रियाका लागि नेपालको भैरहवाको भन्सार कार्यालयमा आएर काम गर्न नदिईएको भन्दै उनीहरुले भन्सार जाँचपासको प्रक्रिया रोक्ने निर्णय गरेका हुन् । उक्त जानकारी उनीहरुले जिल्ला प्रशासन कार्यालय रुपन्देही र भैरहवा भन्सारलाई पनि दिएका छन् ।
भारतको सुनौली ट्रान्सर्पोट एन्ड क्लेयरिङ एसोसियसनले लेखेको पत्रमा भन्सार जाँचपास गर्न भैरहवा भन्सार कार्यालयसम्म आउन नपाउँदा अनेकन समस्या भएको उल्लेख छ । एजेन्टहरु नेपाल आउन नपाउँदा भारतबाट छुटेका गाडी नेपाली भन्सरमा २/३ दिन रोकिएको एसोसियसनको गुनासो छ । गाडीलाई भाडा दिन, नेपालमा भन्सार रजस्व जम्मा गर्न, नेपाल इन्टरमोडलको रसिद काट्न, भन्सारबाट गाडी निकाल्न र सामान जाँच गर्न धेरै समय लागेको संघले बताएको छ । यस्तो समस्या हल गर्न भारतबाट नेपालतर्फ आउन लाग्दा बेलहिया प्रहरीले रोकेकाले समस्या थपिएको एसोसियसनले पत्रमा उल्लेख गरेको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्