Skip to content
LAXMI SUNRISE BANK

कोरोना प्रभाव : चिनियाँ उत्पादनमा उछाल, माग घटेपछि निर्यातमा पहिरो

अर्थ सरोकार

काठमाडौँ । एउटा निजी सर्वेक्षणका अनुसार कोरोना महामारीबीच मे महिनामा चीनको आर्थिक गतिविधि वृद्धि भएको छ ।
काइछिन/मार्किटको सर्वेक्षणअनुुसार मे महिनामा चीनको पर्चेजिङ इन्डेक्स ५०.७ रहेको छ। पर्चेजिङ इन्डेक्स ५० भन्दा माथि हुनुले आर्थिक गतिविधिहरु वृद्धि भएको संकेत गर्दछ भने ५० भन्दा तलले संकुचनको। 
रोयटर्सले गरेको सर्वेक्षणले मे महिनामा चीनको पर्चेजिङ इन्डेक्स ४९.६ हुने प्रक्ष्यपण गरेको थियो। प्राप्त डेटाले चीनमा मागमा भन्दा पनि उत्पादनमा तीव्रगतिमा सुधार देखिएको छ। 
चीनको उत्पादन क्षेत्रमा सन् २०११ यताकै सबैभन्दा धेरै वृद्धि देखिएको छ। तर उत्पादनको तुलनामा माग भने कमजोर देखिएको छ। 
विश्वभरका देशहरुले महामारी रोक्न जारी गरेका प्रतिबन्धका कारण चीनले विदेशमा आफ्ना उत्पादन निर्यात गर्न सकिरहेको छैन। जसका कारण चीनको निर्यातमा ऐतिहासिक गिरावट देखिएको छ। 
चीनको राष्ट्रिय तथ्यांक विभागको आधिकारिक आँकडाअनुुसार मे महिनामा चीनको पर्चेजिङ इन्डेक्स ५०.६ रहेको छ। जुुन अप्रिल महिनामा ५०.८ थियो। – एजेन्सी
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK