×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रदेश ५ ले ल्यायो ३६ अर्ब ३५ करोड २५ लाखको बजेट, स्वास्थ्य, कृषि, पर्यटन र रोजगारी प्राथमिकतामा (पूर्णपाठसहित)

PRIME CA

प्रदेश ५ ले ल्यायो ३६ अर्ब ३५ करोड २५ लाखको बजेट, स्वास्थ्य, कृषि, पर्यटन र रोजगारी प्राथमिकतामा (पूर्णपाठसहित)

२ असार २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
बुटवल । प्रदेश ५ सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि ३६ अर्ब ३५ करोड २५ लाखको बजेट विनियोजन गरेको छ । सोमबार आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभामा  बजेट प्रस्तुत गरेका हुन् । उनले आब २०७७/०७८ को बजेट चालु आवको बजेटभन्दा झण्डै पाँच करोड कामको बजेट प्रस्तुत गरेका हुन् ।
बजेटले कोभिड –१९ ले प्रभावित पारेको अर्थतन्त्रलाई उकास्ने गरी स्वास्थ्य, कृषि, पर्यटन र रोजगारीलाई प्राथमिकतामा राखेको छ । प्रदेश सरकारले चालुतर्फ १२ अर्ब ५९ करोड २४ लाख ९८ हजार अर्थात् ३४.६४ प्रतिशतर पूँजीगततर्फ १८ अर्ब ६१ करोड ९९ लाख ५२ हजार अर्थात् ५१.२२ प्रतिशत र स्थानीय तह वित्तीय हस्तान्तरणका लागि पाँच अर्ब १४ करोड ५० हजार विनियोजन गरेको छ । 
आगामी आर्थिक वर्षका लागि आन्तरिक राजश्वबाट दुई अर्ब तीन करोड ७७ लाख, राजश्व बाँडफाँटबाट १ अर्ब ३४ करोड दुई लाख, रोयल्टी बाँडफाँटबाट ८८ करोड ५६ लाख, वित्तीय समानीकरण अनुदानबाट सात अर्ब ६३ करोड ७१ लाख र सशर्त अनुदानबाट पाँच अर्ब ८१ करोड ३६ लाख खर्चको स्रोत अनुमान गरिएको छ । 
यस्तै समपूरक अनुदानबाट ४८ करोड ३३ लाख, विशेष अनुदानबाट रू २१ करोड र चालु आवको बचत रकमबाट सात अर्ब ९४ करोड ५० लाख रहने अनुमान गरिएको बजेटमा उल्लेख गरिएको छ । प्राथमिकतामा परेका सशर्ततर्फका आयोजना कार्यान्वयन गर्दै जाँदा स्रोत अपुग भएमा चालु आवमा झैंँ नेपाल सरकारसँग अपुग स्रोतको माग गरिने बताइएको छ ।
हेर्नुहोस् बजेटको पूर्णपाठ :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: