×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

प्रुडेन्सियल इन्स्योरेन्सको स्थगित हकप्रद सेयर पुन: खुल्दै, कहाँ जाने भर्न ?


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडकाे हकप्रद शेयर पुन: जारी गर्ने भएको छ ।  यसअघि फागुन १८ गते, आइतबारदेखि चैत्र २३ गतेसम्मका लागि निष्काशन गरिएकाे हकप्रद शेयर काेराेना भाइरसका कारणले बीचैमा अर्थात चैत्र ११ गतेदेखि नै स्थगित भएको थियो । 
कम्पनीले १०० रूपैयाँ अंकित दरका ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद सेयर निष्काशन गरेकाे हाे । उक्त हकप्रद सेयरमा १०:६ अनुपातमा असार ७ गते आइतबारदेखि असार १९ गतेसम्म आवेदन खुल्ला गरिने छ । हकप्रद शेयर निष्काशन गर्नका लागि कम्पनीले माघ २७ गते, साेमबार शेयरधनी दर्ता किताब बन्द गरेकाे थियाे । तसर्थ, माघ २६ गतेसम्म कायम रहेका शेयरधनीहरूले मात्र हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । त्यस्तै, यसअघि आवेदन नदिएका लगानीकर्ताले मात्र यसमा आवेदन दिन सक्ने कम्पनीले जनाएकाे छ ।
यस्तै, कम्पनीकाे हकप्रद बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । एनएमबि क्यापिटल, एनएमबि बैंकका विभिन्न शाखा कार्यालय, गुडविल फाइनान्सका शाखा कार्यालयहरु र सेन्ट्रल फाइनान्स तथा सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट हकप्रद शेयरका लागि आवेदन दिन सकिने कम्पनीले जनाएकाे छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: