
- अर्थ सरोकार सम्बाददाता
स्याङ्जा । पेट्रोलमा कालोबजारी गरेको आरोपमा स्याङ्जाको पुतलीबजार नगरपालिका ३ आमबोटबाट प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । तोकिएको मूल्य भन्दा बढी मूल्यमा पेट्रोल बिक्री गर्दै गरेका उनीहरुलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा पुतलीबजार नगरपालिका ३ आमबोट बस्नेहरु २४ वर्षीय गौरव प्रधान, ३३ वर्षीया बिष्णुमाया शर्मा र सोही नगरपालिका १० राङखोला बस्ने ३५ वर्षीय चन्द्र बहादुर गुरूङ रहेका छन् ।
सो स्थानबाट तोकिएको मूल्य भन्दा बढी मूल्यमा पेट्रोल बिक्री गरेको भन्ने सूचना आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरीले उनीहरुले संचालन गरेको पसलमा १ लिटरको खाली बोतल र जर्किनमा पेट्रोल भरेर अनुचित नाफा लिई बढी मूल्यमा बिक्री गरेको फेला पारेको हो ।
यस्तै प्रहरीले गौरव प्रधानको प्रधान किराना पसलबाट १ लिटर दरका भरिएको १९ बोतल पेट्रोल, बिष्णुमाया शर्माको शर्मा किराना पसलबाट १ लिटर दरका भरिएको ९ बोतल पेट्रोल साथै १० लिटरको जर्किनमा भरिएको पेट्रोल १ थान र चन्द्र बहादुर गुरूङको आशिस किराना पसलबाट १ लिटर दरका भरी १४ बोत्तल पेट्रोल प्रहरीले बरामद गरेको छ ।
उनीहरु उपर कालोबजार तथा केही अन्य सामाजिक अपराध मुद्धामा म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जानकारी दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्