×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्यूठानमा २ बर्षिय बालिकासहित ८ जनामा कोरोना संक्रमण, सबै भारतबाट आएको पुष्टी

PRIME CA
GLOBAL IME BANK

प्यूठानमा २ बर्षिय बालिकासहित ८ जनामा कोरोना संक्रमण, सबै भारतबाट आएको पुष्टी

२६ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । प्यूठानमा थप ८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । प्यूठानवाट स्वाव संकलन गरी  परिक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाएका ३८ जनामध्ये आज सोमबार थप ८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदिले बताए। उनका अनुसार संक्रमित सबै प्युठान नगरपालिका भित्रका हुन ।
प्यूठान नगरपालिका वडा नं. २ का ३ जना र वडा नं. ३ का ५ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमितमध्ये एक जना २ बर्षिय बालिका र अन्य १७, ३२, १५, १८, २६, १८ र ३६ वर्षका पुरुष छन। उनिहरु सबै भारतबाट आएर क्वारेन्टिनमा बसेका थिए।
यसअघि जिल्लाको सरुमारानीमा भेटिएका १ जना र प्युठान नगरपालिका भित्रका यी ८ जना संक्रमित गढवा गाउँपालिका दाङमा पोजेटिभ सङ्क्रमण पुष्टी भई कन्ट्र्याक ट्रेसिङमा परेका हुन। उनिहरुको अबस्था सामान्य छ। अहिले उनिहरु स्वास्थ्यकर्मिको निगरानिमा छन । यस अघि माण्डबी गाउँपालिकाका २ जना र स्वर्गद्वारी नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । प्यूठानमा कोरोना संक्रमितको संख्या जम्माजम्मी १२ पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: