- अर्थ सरोकार सम्बाददाता
प्यूठान । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा प्यूठानका थप २० जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै जिल्लामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ सय ११ जना पुगेको स्वास्थ्य कार्यालय प्यूठानका फोकल पर्शन पुस्कल श्रेष्ठले जानकारी दिए । उनका अनुसार ऐरावती गाउँपालिकाका १६ र र प्युठान नगरपालीकाका ४ जनामा शुक्रबार कोरोना सँक्रमण देखिएको हो ।
सँक्रमितहरु सवै पुरुष हुन। उनिहरु १४ देखी ५७ बर्ष उमेर समुहका छन् । जिल्ला भर निको भई २ जना घर फर्किएका छन्। अन्यको स्थानिय आईसोलेशनमा उपचार भईरहेको छ। उनिहरुको स्वास्थ्य अबस्था पनि सामान्य रहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको हो ।