- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कतार एयरवेजले आज (बिहिबार) एक सय ५५ जना नेपाली नागरिकलाई लिएर दोहाबाट काठमाडौं आउँदै छ । कतार एयरको बोइङ–७८७ ले काठमाडौंका लागि उडान भर्दैछ । ती विमानमा आउने नेपालीहरुले निःशुल्क सेवा लिनेछन् । पहिलो पटक यस विमान मार्फत कतार एयरले दुईतर्फी निःशुल्क उडान भर्न लागिएको हो ।
पहिलो पटक नेपालमा ड्रिमलाइनरमार्फत दुईतर्फी चार्टर उडान गर्न लागेको यो वायुसेवा कम्पनीले नियमित अन्तर्राष्ट्रिय उडान सुचारु भएपछि ड्रिमलाइनर नै प्रयोग गर्ने योजना रहेको जनाएको छ। दिउँसो २:०० काठमाडौं अवतरण हुने विमानमार्फत ती नेपालीहरुलाई ल्याउन लागिएको नागरिक उड्यन प्राधिकरणले जनाएको ।