
- अर्थ सरोकार सम्बाददाता
जनकपुरधाम । महोत्तरीमा क्वारेन्टाइनबाट फर्किएका एक जनाको मृत्यु भएको छ । महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर १० का ४० वर्षीय पुरुषको मृत्यु भएको गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतोले बताए ।
उनलाई पीसीआर रिपोर्ट नेगेटिभ आएपछि शनिबार क्वारेन्टाइनबाट घर पठाइएको थियो । मृत्य भएका ४० वर्षीय पुरुष जेठ ६ गते भारतको हरियाणाबाट आएर क्वारेन्टाइनमा बसेका थिए । कोरोना रिपोर्ट नेगेटिभ आएकोले कोरोनाको संक्रमणले नभई कालगतिले उनको मृत्यु भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कट्वालले बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्