डडेल्धुरा । भारतबाट जिल्ला फर्किनेको सङ्ख्या बढ्दै गएपछि स्थानीय तहलाई व्यवस्थापनको चुनौती बढ्दै गएको छ । जिल्लामा रहेका दुई नगरपालिका र पाँच गाउँपालिबाट झण्डै ३० हजार व्यक्ति भारत गएको तथ्याङ्क छ भने अहिलेसम्म आठ हजारको हाराहारीमा मानिस जिल्ला फर्किएको तथ्याङ्क जिल्ला प्रशासन कार्यालयसँग छ । जसमध्ये सुदूरपश्चिमका सबै जिल्लामा सङ्क्रमित देखिएसँगै जोखिम बढ्दै गएको छ । महामारीलाई मध्यनजरमा राखेर डडेल्धुराका सातै स्थानीय तहले हरेक वडामा क्वारेन्टिनको व्यवस्था गरेको छ ।
जिल्लाभरि सतावटा स्थानीय तहले १४० बटा बनाएका क्वारेन्टिनमा चार हजार ४९९ जना रहेको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ । अहिले जिल्लाका तीन हजार ९९८ पुरुष, ३११ महिला र १७० बालबालिका रहेको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताउनुभयो । जिल्लामा ६ हजार २२५ जनालाई राख्न सक्ने क्षमताका क्वारेन्टिन तयार भएको भए पनि हालसम्म चार हजार ४९९ जना क्वारेन्टिनमा रहको प्रजिअ पन्तले बताउनुभयो । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्