×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारले कोरोना नियन्त्रणमा प्रभावकारी काम गर्न सकेन : सांसद राजेन्द्रकुमार केसी (भिडियो रिपोर्ट)

LAXMI SUNRISE BANK

सरकारले कोरोना नियन्त्रणमा प्रभावकारी काम गर्न सकेन : सांसद राजेन्द्रकुमार केसी (भिडियो रिपोर्ट)

३२ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टीमिडिया ब्यूरो
काठमाडौं । प्रतिनिधिसभा सांसदहरुले समसामयीक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै कोरोना रोकथाम र भष्ट्राचार नियन्त्रणका लागि उचित काम गर्न माग गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा विषेश समयमा बोल्दै नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले सरकारले कोरोना रोकथामका लागि प्रभावकारी काम गर्न नसकेको बताए । 
सरकारले केही काम गर्न नसक्ने र १० अर्बको खर्च देखाउने गर्दा नागरिकहरु आफै सडकमा उत्रिएको बताए  । उनले नेपाल एयरलाइन्स चाटर्ड गर्ने नाउँमा ६-७ गुणा बढी पैसा पीडितबाट असुलेको आरोप समेत लगाएका छन् । सरकारका यस्ता गतिविधिबाट नागरिकहरु आफै सडकमा आई सरकार फाल्नुपर्ने अवस्था आयो भने लोकतान्त्रिक पार्टीका लागि शुभसंकेत नहुने बताएका छन् ।
‘आज नेपाल एयरलाइन्सको प्लेन चार्टडको नाउँमा यहाँका ट्राभल एजेन्सीहरुबाट ६-७ टाइम्स भन्दा बढी पैसा असुली भइराखेको छ । यहाँ बोल्न नपर्ने सरकारले जनतालाई जे भनेपनि हुने जनताले सहिरहनु पर्ने फेरी हामी चुप लाग्नुपर्ने । अत्यन्त भयाभह अवस्था छ । यदि सडकबाट जनताले सरकार फाल्नु  पर्यो भने लोकतन्त्र पार्टीको लागि शुभसंकेत हुन्दैन स्थिति यो आइसकेको छ ।’ उनले भने। 
३३ किलो सुनकाण्ड, सेक्युरिटी प्रिन्टिङ प्रेस लगायतका विषयमा अझै छानविन नगरी बसेकाले सरकार पूर्णरुपमा भष्ट्रचारको संरक्षक भएको प्रमाणित भएको बताए । ‘हामिले कहाँ सहयोग गरेनौं सेक्युरिटी प्रिन्टिङ प्रेसमा हामीले भन्यौं अहिले बेला होइन भनेर अहिले छताछुल्ल भएको छ । मन्त्रीले त ७० करोड रुपैयाँ माग्नुभयो भनेर आज राजीनामा गरेको अवस्था छ । यो सकराको नैतिकता कहाँ छ ? अझ प्रतिपक्षले सहयोग गरेन प्रतिपक्ष अहिस्णु भयो भनेर भन्नुहुन्छ । लोकलाज त राखिदिनुहोस प्रधानमन्त्री ज्यू ।’उनले भने। 
उनले सरकारले केहीपनि काम गर्न नसक्ने तर त्यसको दोष कांग्रेसलाई लगाउने गरेको बताए  । उनले काम गर्न नसक्ने प्रधानमन्त्रीले प्रतिपक्षिले काम गर्न दिएन भन्ने अभिव्यक्ति दिन लोकलाज मान्नुपर्ने बताएका छन् । ‘प्रधानमन्त्री ज्यु लोकलाज त राख्नुस कांग्रेसले कहाँ सहयोग गरेको छैन् । हामीले भन्यौं वाइडबडीमा भष्ट्रचार भएको छ । महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा अनियमितता भएको छ । हामीले भन्यौं हामी साढे चार अर्बको भ्रष्टाचार भएको छ तपाई हेर्दिनुहोस् । प्रधानमन्त्री ज्यूले भन्नुभयो उहाँले फैसला दिनुभयो भष्ट्राचार भएको छैन भनेर । ’ हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी