×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘संक्रमित बढेको र नबढेको क्षेत्रलाई छुट्याएर आर्थिक क्रियाकलापलाई सुचारु गर्नुपर्छ’ : चेम्बर अध्यक्ष श्रेष्ठ (भिडियो रिपोर्ट)

PRIME CA
GLOBAL IME BANK

‘संक्रमित बढेको र नबढेको क्षेत्रलाई छुट्याएर आर्थिक क्रियाकलापलाई सुचारु गर्नुपर्छ’ : चेम्बर अध्यक्ष श्रेष्ठ (भिडियो रिपोर्ट)

२६ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले संक्रमित बढेको र नबढेको क्षेत्रलाई छुट्याएर आर्थिक क्रियाकलापलाई सुचारु गर्नुपर्ने बताउनुभयो । उहाँले ७५-७६ दिन लकडाउनमा सबैजना बसिसकेको कारण अव कसरी अगाडि जानुपर्छ भन्ने विषयमा सबैजना जानकार रहेको बताउनुभयो । उहाँले अवपनि अर्थतन्त्रलाई चलायमान गर्न नसके कोरोनाबाट नभई भोकमरीले ज्यान जानेको संख्या बढ्ने र अर्थतन्त्र ध्वस्त भएर जाने बताउनुभयो । उहाँले अत्यावस्यक सामान र पसलहरु सबै खोल्नु पर्ने बताउनुभएको छ ।
सरकारले उद्योग खोल्न भनेपनि उद्योगले उत्पादन गरेको बस्तु विक्री गर्नको लागि बजार समेत खोल्नुपर्ने बताउनुभयो । उहाँले पसलहरु बिहान ११ बजेदेखि साँझ साढे पाँच बजे सम्म खोल्ने व्यवस्था गरेमा सडकमा सवारी साधनको चाप कम हुने बताउनुभयो । मानिसहरुको आवागमनका लागि सवारी साधन जोर बिजोर प्रणालीबाट खोल्नुपर्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँले सबै उद्योग व्यवसायीको लगानी महत्वपूर्ण भएकाले सबै क्षेत्र खोल्नुपर्ने बताउनुभएको छ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: