×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नागरिक बचतपत्रको बिक्री अवधि बढ्यो, अब असार २९ गतेसम्म खरिद गर्न पाइने, कति पाइन्छ व्याज ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नागरिक बचतपत्रको बिक्री अवधि बढ्यो, अब असार २९ गतेसम्म खरिद गर्न पाइने, कति पाइन्छ व्याज ?

Artha Sarokar

८ असार २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । केन्द्रीय बैंकले नागरिक बचतपत्र २०८२ को निष्काशनको बिक्री अवधि थप गरेको छ । बैंकले एक सूचनामार्फत पाँचवर्षे अवधिका लागि बिक्री गर्न लागिएको उक्त बचतपत्रको अवधि यही असार २९ गतेसम्मका लागि बढाइएको जनाएको हो । चार अर्ब बराबरको ‘नागरिक बचतपत्र २०८२’ नाम दिइएको उक्त बचतपत्रमा वार्षिक ९% व्याज पाइनेछ । 
व्याजकर लाग्ने भए पनि छ/छ महिनामा भुक्तानी हुने व्यवस्था गरिएको छ । घटीमा १० हजार र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाइ १० हजारले भाग गर्दा निषेश भाग जाने अङ्क बराबरको खरिद गर्न पाइने व्यवस्था गरिएको छ । नेपाली नागरिकले मात्र खरिद गर्न पाउने उक्त बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन वा दिन पाउने सुविधासमेत दिइएको छ । 
बैंकले गत जेठ १ गतेदेखि जेठ मसान्तसम्म मात्रै सो बचतपत्र बिक्री गर्ने जनाएको थियो । लकडाउन तथा कोरोनालगायतका कारणले गर्दा अवधि थप गरिएको बताइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी