×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नक्कली लालपुर्जा र किर्ते कागज बनाएर राष्ट्रिय बाणिज्य बैंकबाट निकालियो १ करोड १५ लाख ! प्रबन्धक र ऋणी पक्राउ !

  • अर्थ सरोकार सम्बाददाता 
बाँके । राष्ट्रिय बाणिज्य बैंक लिमिटेडबाट एक व्यवसायीले नक्कली र किर्ते कागजपत्रहरू बनाएर  १ करोड २५ लाख रुपैयाँ ऋण लिएको खुलासा भएको छ । नेपालगञ्जका सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढले जग्गाको लालपुर्जा, नक्सा, कर तिरेको रसिदसहितका कागजपत्रहरू नक्कली बनाएर राष्ट्रिय वाणिज्य बैंकको नेपालगञ्ज शाखाबाट २०७६ मंसिर २२ गते ५० लाख र २०७७ जेठ २५ गते ७५ लाख गरी १ करोड १५ लाख रकम निकालेको रहस्य खुलेको हो । अहिले प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान अगाडी बढाएको छ । 
लेखापरिक्षणका क्रममा निजले पेश गरेका कागजहरु किर्ते भएको आशंका भएपछि बैंकले उक्त कागजपत्रहरुलाई रुजु गर्नका लागि नेपालगंज उपमहानगरपालिकामा पत्र पठाएको थियो । अनुसन्धानका क्रममा उनले सरकारी छाप र कर्मचारीको हस्ताक्षरसमेत किर्ते गरेको पाइएको छ ।  प्रहरीको अनुसन्धानमा निजले धितोको रुपमा पेश गरेका ४ वटा लालपुर्जामध्ये २ वटा लालपुर्जा नै नक्कली भएको र १ वटा लालपुर्जामा क्षेत्रफल बढाएर किर्ते गरेको  खुलासा भएको छ । साथै  व्यवसायी गसगढले बैंकमा पेश गरेको सक्कली जग्गाको बजार मूल्य करिब ४ लाख २४ हजार मात्रै भएको तथ्यसमेत खुलेको छ।

बैंकका कर्मचारीकै मिलेमतोको आशंका !

राष्ट्रिय वाणिज्य बैंक त्रिभुवनचोक शाखामा नक्कली र किर्ते कागजपत्रहरूका आधारमा ऋण लगानी गरेको तथ्य सार्वजनिक भएपछि राष्ट्रिय वाणिज्य बैंकको प्रादेशिक कार्यालय नेपालगञ्जले आन्तरिक छानबिन शुरु गरेको छ । छानबिनका लागि शाखा प्रबन्धक ललितबहादुर शाहीलाई प्रदेश कार्यालयमा तानिएको छ भने त्रिभुवन चोक शाखामा हस्तबहादुर शाहीलाई पठाइएको छ ।  प्रबन्धक ललितबहादुर शाहीसमेतको मिलेमतोमा यस्तो काम भएको भन्दै उनलाईसमेत पक्राउ गरीएको छ । सुनचाँदी व्व‍यसायी जसगढले राष्ट्रिय वाणिज्य बैंकसहित अन्य ६ वटा बैंकमा पनि कारोबार गरेको पाइएको छ।  अन्य बैंकका कारोबारबारे पनि थप अनुसन्धान भइरहेको छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: