×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय वाणिज्य बैंक किर्ते काण्ड : ऋणीले बयानमा भने, ‘बैंककै मिलेमतोमा सबै काम भयो, मेनेजरले आइडिया दिए’

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार

PRIME CA
laxmi sunrise bank

राष्ट्रिय वाणिज्य बैंक किर्ते काण्ड : ऋणीले बयानमा भने, ‘बैंककै मिलेमतोमा सबै काम भयो, मेनेजरले आइडिया दिए’

  • अर्थ सरोकार प्रदेश ५ ब्युरो
बाँके । राष्ट्रिय बाणिज्य बैंक लिमिटेडबाट एक व्यवसायीले नक्कली र किर्ते कागजपत्रहरू बनाएर १ करोड २५ लाख रुपैयाँ ऋण लिएको प्रकरणमा ऋणीले बैंकको मिलेमतोमा सबै काम भएको बयान दिएका छन् । नेपालगञ्जका सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढले जग्गाको लालपुर्जा, नक्सा, कर तिरेको रसिदसहितका कागजपत्रहरू नक्कली बनाएर राष्ट्रिय वाणिज्य बैंकको नेपालगञ्ज शाखाबाट २०७६ मंसिर २२ गते ५० लाख र २०७७ जेठ २५ गते ७५ लाख गरी १ करोड १५ लाख रकम निकालेको बयान दिएका हुन् । उनलाई पक्राउ गरी अनुसन्धान गर्दा यस्तो बयान आएपछि प्रहरीले बैंक त्रिभुवन चोक शाखाका प्रबन्धक ललितबहादुर शाहीलाई समेत पक्राउ गरेको छ ।

लेखापरिक्षणका क्रममा निजले पेश गरेका कागजहरु किर्ते भएको आशंका भएपछि बैंकले उक्त कागजपत्रहरुलाई रुजु गर्नका लागि नेपालगंज उपमहानगरपालिकामा पत्र पठाएको थियो । अनुसन्धानका क्रममा उनले सरकारी छाप र कर्मचारीको हस्ताक्षरसमेत किर्ते गरेको पाइएको छ ।

प्रहरीको अनुसन्धानमा निजले धितोको रुपमा पेश गरेका ४ वटा लालपुर्जामध्ये २ वटा लालपुर्जा नै नक्कली भएको र १ वटा लालपुर्जामा क्षेत्रफल बढाएर किर्ते गरेको खुलासा भएको छ । साथै व्यवसायी गसगढले बैंकमा पेश गरेको सक्कली जग्गाको बजार मूल्य करिब ४ लाख २४ हजार मात्रै भएको तथ्यसमेत खुलेको छ।

https://arthasarokar.com/2020/06/Rastriya-Banijya-Bank.html
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: