
- अर्थ सरोकार सम्बाददाता
रसुवा । रसुवा जिल्लामा पहिलो पटक कोरोना भाइरस सङ्क्रमण पुष्टी भएको छ । कुवेत र भारतबाट आएका नौ जनामा आज कोभिड –१९ सङ्क्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । रसुवामा सङ्क्रमण पुष्टि भएसँगै अब मुलुकका ७७ जिल्ला नै कोरोनाबाट प्रभावित भएका छन् ।
उनीहरु एक हप्ताअघिदेखि नौकुण्ड गाउँपालिका, पारच्याङ क्वारेन्टिनमा बसेका थिए । तिनीहरुमा आठ महिला र एक पुरुष रहेको जनस्वास्थ्य अधिकृत किरण श्रेष्ठले बताए । उनीहरुलाई विदेशबाट आउनेबित्तिकै क्वारेन्टिनमा राखिएको तथा परिवार र अन्यसँग भेट गर्न नदिइएको बताउँदै नौकुण्डका अध्यक्ष नुर्पुसाङ्बो घलेले थप सतर्कताका लागि सबै वडामा अनुरोध गरिसकिएको जानकारी दिए । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तका अनुसार अहिलेसम्म सुरक्षित रसुवामा कोभिड–१९ पुष्टि भएपछि थप सतर्कता अपनाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्