×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

… र एक्लै मुस्कुराइरहेछ रत्नपार्क ! (फोटो-कथा)

  • अर्थ सरोकार  सम्बाददाता 

काठमाडौँ । काठमाडौँको मुटुमा धेरैको एक्लोपनको सारथी बन्ने थलो हो रत्नपार्क । यहि रत्नपार्क धेरैको समय बिताउने थलो हुने गरेको थियो भने धेरैको दु:ख बिसाउने चौतारी पनि । बेरोजगारले रोजगारीको कल्पना गर्ने थलो, रोजगार भएकाले यसो फुर्सदमा समय बिताउने थलो, केटाकेटिलाईरमाइलो गर्ने थलो, प्रेमी-प्रेमिकाले केहि सुमुधुर सपनाहरु बाँड्ने थलो । अरु केहि नभएपनि एक्लोपनमा रमाएर केहि सोच्ने थलो ।

रत्नपार्क धेरैका लागि धेरै कुरामा विशेष थियो, छ र रहनेछ सायद । तर कोरोनाको कहरले देश आक्रान्त बनेपछि अहिले रत्नपार्क एक्लो प्राय छ । उसमा काखमा ढुलमुलिएर सपना बाँड्नेहरु अहिले घरभित्र बन्द कोठामा छन् सायद । कोरोनाको त्रासले अहिले रत्नपार्कको सुन्दरतासँग मितेरी गाँस्न कोहि पनि आउन सकेका छैनन् । गुम्सिएको मनलाई शान्त बनाउने रत्नपार्क आज आफैं गुम्सिन बाध्य बनेको छ ।        

यतिबेला धार्मिक स्थल, पार्कलगायतकाका चौतारीहरु बन्द अवस्थामा छन् । कुनै बेला थेग्नै नसक्ने गरी भिड लाग्ने यी स्थलहरु अहिले सुनसान छन् । कतिपय देशमा कोरोना नियन्त्रणमा आएको भन्दै पार्कहरु बिस्तारै खुल्न थालेका छन् । तर दिनहुँ बढिरहेको कोरोना संक्रमितको बढ्दो तथ्यांकले रत्नपार्कलाई कहिलेसम्म एक्लो बनाउने हो थाहा छैन ।  र पनि एक्लै मुस्कुराईरहेछ रत्नपार्क ! हेर्नुहोस् रत्नपार्कका केहि दृश्यहरु :











Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: