
- अर्थ सरोकार सम्बाददाता
रौतहट । रौतहटमा क्वारेन्टाइन बाहिर रहेका तीन जनामा कोरोनाको संक्रमण देखिएको छ । बिहीबार थपिएका ३८ संक्रमितमध्ये तीन जना क्वारेन्टिन बाहिरका हुन् । गौर नगरपालिका वडा नं.५ का दुई पुरुष र इशनाथ नगरपालिका ३ का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि भए पछि उनीहरुलाई आइसोलेसनमा राखिएको छ भने कन्ट्याक ट्रेसिङ सुरु भएको छ । प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेकाअनुसार १७ वर्षीय युवकको परिवारका सदस्यहरको स्वाब संकलन भइसकेको छ भने अन्य दुईको पनि संकलन गरिनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्