
- अर्थ सरोकार सम्बाददाता
रौतहट । प्रदेश २ को रौतहट जिल्लामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टी भएका संक्रमितमध्ये २ जना वडाध्यक्ष पनि रहेका छन् । बौधीमाई नगरपालिकाका दुई जना वडाध्यक्ष, दुई जना कार्यपालिका सदस्य, दुई जना स्वास्थ्यकर्मी, एक जना सुरक्षाकर्मी र सात जना कर्मचारी गरी कुल १४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख महेश साहले बताए ।
शनिबार आएको पीसीआर परीक्षणको रिपोर्ट अनुसार उनीहरूमा संक्रमण पुष्टि भएको उनले बताए । जनतासँग प्रत्यक्ष सम्पर्कमा रहेका जनप्रतिनिधि तथा कर्मचारीहरू संक्रमित भएपछि उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरूको कन्ट्याक ट्रेसिङ गरी तत्काल कोरोना परीक्षण गरिनुपर्ने माग स्थानीयले राखेका छन् । संक्रमण पुष्टि भएका व्यक्तिहरुलाई नगरक्षेत्रभित्र रहेको विद्यालयमा निर्मित आइसोलेसनमा पठाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्