
- अर्थ सरोकार सम्बाददाता
डोटी । सुदूरपश्चिम प्रदेशसभाका सदस्यहरुले र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) रोक्न माग गरेका छन् । आइतबार बसेको प्रदेशसभा बैठकमा सांसदहरुले आरडीटीको विश्वसनीयता नभएको भन्दै रोक्न माग गरेका हुन् । नेकपाका प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीर्घ सोडारीले आरडीटीको भरमा घर पठाइएकाहरुबाट कोरोनाको संक्रमण फैलिन सक्ने वताए । उनले आरटी-पीसीआर परीक्षण गर्नु पर्ने र यसका लागि प्रयोगशालाहरुको क्षमता बढाइनुपर्ने माग गरे ।
कैलालीमा पहिलो कोरोना संक्रमित पत्ता लागेको झण्डै तीन महिना पुग्दासमेत संक्रमण फैलन नदिन प्रदेश सरकारले पर्याप्त तयारी नगरेको भन्दै सोराडीले प्रदेश सरकारको आलोचना गरे । उनले बैतडी र डोटीमा प्रयोगशाला स्थापना गर्ने घोषणा गरेको प्रदेश सरकारले तीन महिनासम्म त्यसमा कुनै काम नगरेकोमा आक्रोश पोखे ।
नेकपाकै सांसद पूर्णा जोशीले आरडीटी परीक्षणको औचित्य नभएको भन्दै बन्द गर्न माग गरिन् । उनले डोटीको क्वारेन्टाइनमा मृत्यु भएका युवाको स्वाब संकलन मुत्यु पहिले नै नगरिएकोमा आक्रोस पोखिन । क्वारेन्टाइनहरु व्यवस्थित नभएको र मृत्यु घरमा परिणत भइरहेको भन्दै उनले प्रयोगशालाहरु बढाउने र भएका प्रयोगशालाहरुको क्षमता बढाउने तर्फ प्रदेश सरकार लाग्नुपर्ने बताइन् ।
नेपाली कांग्रेसका प्रदेशसभा सदस्य भरतबहादुर खड्काले युरोपियन देशहरुले आरडीटी किटको प्रयोग गर्न बन्द गरेको भए पनि नेपालमा त्यसकै प्रयोग भइरहनु दुःखद भएको बताए । उनले यस्तो परीक्षणले संक्रमणको दर भयाबह हुन सक्ने भन्दै बन्द गर्न माग गरे ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्