
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । कारोबारको दोस्रो दिन पनि नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्यमा नेगेटिभ सर्किट लागेको छ ।कम्पनीको सेयरमूल्य आधा घण्टा नपुग्दै झण्डै १० प्रतिशतले घटेको हो । कम्पनीको सेयरमूल्य ९.९४ प्रतिशत अर्थात प्रतिकित्ता ३८ रुपैयाँले घटेर ३४४ रुपैयाँमा झरेको छ ।
कारोबारको पहिलो दिन अर्थात् सोमबार पनि यस कम्पनीको सेयरमुल्यमा नेगेटिभ सर्किट लागेको थियो । सोमबार यस कम्पनीको सेयरमुल्यमा झण्डै १० प्रतिशतले गिरावट आएको थियो । कम्पनीको ४२४ रुपैयाँमा पहिलो कारोबार भएको थियो । लामो समयदेखि बन्द रहेको सेयर बजार सोमबारबाट खुला भएको हो । बजार तीव्र गतिमा बढेपनि सो कम्पनीको सेयरमूल्यमा भने गिरावट आएको छ ।
कम्पनीले गत चैत ४ देखि ७ गतेसम्म प्रतिकित्ता १०० अंकित दरका १ करोड ६० लाख कित्ता साधारण सेयर निष्कासन खुला गरेको थियो । यसले कुल पुँजी १० अर्ब रुपैयाँको १६५ ले हुन आउने १ अर्ब ६० करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गरेको थियो । आइपीओ बाँडफाँड भने लक डाउनमै अर्थात चैत २६ गते भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्