- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । रोल्पामा पहिलो पटक कोरोना संक्रमित फैला परेको छ। कोरोना भाईरसको संक्रमण नदेखिएको रोल्पाको सुनिलस्मृती गाउँपालिकाको गजुलमा आज तीन जनामा संक्रमण पुष्टी भएको हो । यससंगै प्रदेश ५ का सबै जिल्लामा कोरोनाको संक्रमण फैलिएको छ । प्रदेश ५ का ११ जिल्लामा कोरोना संक्रमण फैलिएकोमा रोल्पा मात्रै अछुतो रहदै आएको थियो ।
कोरोना संक्रमण पुष्टी हुनेहरुमा सुनिल स्मृती गाँउपालिका ५ का २० र २७ बर्षीय दुई युवा र वडा नं. ६ का २० बर्षीय एक युवा रहेको स्वास्थ्य कार्यालय रोल्पाका जनस्वास्थ्य अधिकृत अनिल केसीले जानकारी दिए । संक्रमित तीनैजना युवाहरु गत जेठ १२ भारतबाट आएका थिए । उनीहरुलाई अलग अलग क्वारिनटाईनमा राखिएको थियो । वडा नं. ५ को सूर्योदय आधार विद्यालयको क्वारेनटाईनमा रहेका दुईजना र वडा नं. ६ को जनज्योती मावि क्वारेनटाईनमा रहेका एकजनाको कोरोमा पुष्टि भएको हो । क्वारिनटाईन बसेका उनीहरुको एक साता अघि स्वाब संकलनका गरि भेरी अंचल अस्पताल नेपालगंज पठाएको थियो ।
स्वास्थ्य कार्यालय रोल्पाका कोरोना फोकल पर्सन अरुण भिटुका अनुसार जिल्लामा हाल दुई हजार १२६ जना क्वारेनटाईनमा रहेका छन् । जसमध्ये एक हजार ४७६ जना भारतबाट फर्किएका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्