![](https://1.bp.blogspot.com/-LrAm2Ex_oTo/XunZr9JxrEI/AAAAAAABiPU/9qS5nqj_XQQKd_FGngtacOQ49E8fXjKCQCLcBGAsYHQ/s1600/2.jpg)
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं- ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वामित्वमा रहेको आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको शेयर लिलामी प्रक्रियाद्धारा विक्री गर्ने भएको छ । संस्थाले ८१ हजार २५४ कित्ता सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो ।
संस्थाको यो सेयर असार १८ गतेदेखि असार २४ गतेसम्म खुल्ने छ । यो सेयरमा विद्यमान संस्थापक शेयरधनी लगायत अन्य इच्छुक व्यक्ति तथा संगठित संस्थाले बोलपत्रमा आव्हान गर्न सक्नेछन् ।