- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । पश्चिम रुकुमको मुसिकोट नगरपालिकास्थित छिवाङ ज्युउलाको अस्थायी प्रहरी पोस्टमा आक्रमण भएको छ । नगरपालिकाको १३ नं वडाका वडाध्यक्ष दीपक केसीको नेतृत्वमा गएको टोलीले प्रहरी चौकी आक्रमण गरेका हुन् ।
लकडाउनको समयमा जाँडरक्सी पिएर नहिँड्न भनेर सम्झाउँदा अध्यक्ष केसीको टोलीले प्रहरीको इन्ट्री पोस्ट, प्रहरी र प्रहरी भाडामा बसेको घरमा ढुङ्गामुढा गरेको थिए । उनीहरुले प्रहरी इन्चार्जको पेस्तोल खोसेर पछि फेरि फिर्ता गरेर भागेको प्रहरीले जनाएको छ।
प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ६ जना प्रहरी रहेको उक्त पाेस्टमा आक्रमण हुँदा केही प्रहरी बाहिर रहेको बताइएको छ। उनीहरुले प्रहरी इन्ट्री पोस्ट भत्काउनुका साथै इन्चार्जको बर्दीसमेत च्यातेका छन् भने अन्य दुई जना प्रहरी जवानलाई कुटपिट गरेका छन् । अहिले वडाध्यक्ष केसी फरार रहेको र उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्