×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साधना लघुवित्तको ७ लाख ७ हजार ८०० कित्ता आइपीओ असार २१ गतेबाट आउँदै, न्यूनतम १० कित्ता भर्न पाइने

PRIME CA

साधना लघुवित्तको ७ लाख ७ हजार ८०० कित्ता आइपीओ असार २१ गतेबाट आउँदै, न्यूनतम १० कित्ता भर्न पाइने

अर्थ सरोकार

१२ असार २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । साधना लघुवित्तको ७ लाख ७ हजार ८०० कित्ता आइपीओ जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न लागेको हो । कम्पनीले जारी गर्न लागेको आइपिओमध्ये  ०.५०% अर्थात १० हजार ८९० कित्ता कर्मचारीलाई छुट्याइएको छ । यस्तै, ५% अर्थात ३५ हजार ३९० कित्ता सामूहिक लगानी कोषलाई दिइएको छ । बाँकी रहेको ६ लाख ६१ हजार ५२० कित्ता सर्वसाधारणमा खुला हुनेछ ।
यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्ने भएको छ । यसमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिन्छ । मेरो सेयरमार्फत पनि आवेदन दिन सकिनेछ । 
कम्पनीको यो आईपीओ असार २१ गतेबाट असार २४ गतेसम्म आवेदन दिन सकिनेछ । यस समयमा सबै आइपीओ बिक्री नभएमा साउन ४ गतेसम्म बिक्री खुला हुनेछ । यस कम्पनीको यस आइपीओलाई केयर रेटिङ नेपालले औषतभन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ । हाल साधनाको चुक्ता पुँजी १४ करोड ६० लाख रुपैयाँ छ । आइपीओ निष्कासनपछि चुक्ता पुँजी २१ करोड ६७ लाख ८० हजार रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: