- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले लाभांश नदिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७५–०७६ को मुनाफाबाट लगानीकर्तालाई लाभांश नदिने भएको हो ।
बिहिबार (जेठ २२ गते) बसेको सञ्चालक समितिको बैठकले वित्तीय विवरण पारित गर्दै लाभांश वितरण नगर्ने निर्णय गरेको हो । कम्पनीले यस आर्थिक वर्षमा नाफा कमाएको भए पनि एनएफआरएस प्रणाली अनुसार बाँडफाँड रकममा ऋणात्मक देखिएको भन्दै लाभांश नदिने बताएको हो ।