
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सहयोगी विकास बैंकको प्रस्तावित १८.७२१५ प्रतिशत नगद लाभांश पारित भएको छ । जेठ २४ गते सम्पन्न विकास बैंकको १६ औं बार्षिक साधारण सभाले संस्थाकाे संञ्चालक समितिकाे उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै बैंकका सेयरधनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट १८.७२१५ प्रतिशत नगद लाभांश पाउने भएका छन् ।
साथै, सभाले सिटिजन बैंक इन्टरनेशनलमा सहयोगी विकास बैंकलाई विलय गर्न सहयोगी विकास बैंकको १०० कित्ता सेयर बराबर सिटिजन्स बैंक इन्टरनेशनलको ९१.७५ कित्ता (१ः०.९१७५) सेयर हुने गरी सेयर स्वाप अनुपातको प्रस्ताव पनि सर्वसम्मतीबाट पारित गरिएको छ ।
उक्त सभाले सहयोगी बिकास बैंकलाई सिटिजन बैंक इन्टरनेशनल लि. ले प्राप्ति गर्ने सम्बन्धमा भएका सहमतीपत्र, संयुक्त मर्जर समितिको निर्णयहरु, अन्तिम सहमति/सम्झौता पत्र तथा सम्झौताहरु, डीडीएको नियुक्ती तथा पारिश्रमिक सम्बन्धी विशेष प्रस्ताव समेत पारित गरेको छ ।
साथै सहयोगी बिकास बैंकको तर्फबाट सिटिजन्स बैंक इन्टरनेशनलमा विलय गर्ने सम्बन्धमा नियमनकारी निकायहरुमा गर्नु पर्ने विविध कार्यहरु गर्न गराउन, बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यकता अनुसार फेरबदल गर्न बैंकको हालको संचालक समितिलाई अख्तियारी दिने प्रस्तुत प्रस्ताव समेत सर्वसम्मतीले पारित गरेको छ ।
उक्त सभा विकास बैंकका अध्यक्ष उदय कान्त झा ‘जीवन’ को अध्यक्षतामा संस्थाको केन्द्रिय कार्यालय जनकपुरमा सम्पन्न भएको हो । त्यस्तै, सहयोगी विकास बैंकलाई प्राप्ति गर्न सिटिजन्स बैंक इन्टरनेशलले यहि जेठ २७ गते विशेष साधारण सभा आह्वान गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्