×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आवाज निकालेर, धुवाँ उडाएर सलहको झुण्डलाई भगाउने अभियान थाल्न आग्रह, रोपाई केही दिन पर सर्नू (भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

आवाज निकालेर, धुवाँ उडाएर सलहको झुण्डलाई भगाउने अभियान थाल्न आग्रह, रोपाई केही दिन पर सर्नू (भिडियो)

Artha Sarokar

१५ असार २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्यूरो
काठमाडौं । सरकारले आवाज निकालेर, धुवाँ बालेर सलहको झुण्डलाई बस्न नदिने सामूहिक अभियान चलाउन स्थानीय तहहरुलाई आग्रह गरेको छ । शनिबारबाट नेपालमा पनि सलह किरा देखापरेपछि सरकारले सलह देखिन सक्ने सम्भावित क्षेत्रमा कुनै न कुनै माध्यमबाट सलहलाई बस्न बाधा पुर्याउने अभियान चलाउन आग्रह गरेको हो । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले पत्रकार सम्मेलनमार्फत नर्सरी, करेसाबारी जस्ता साना क्षेत्रफलमा हुने खेतीमा झुल तथा जालीले छोपेर बाली बचाउने सकिने बताएको छ । यस्तै टनेल भित्रको बालीलाई वरिपरिबाट किरा छेक्नेगरी जालीले बेरेर जोगाउन सकिने मन्त्रालयले जनाएको छ ।
कृषि मन्त्रालयका प्रवक्ता डा. सुनिल अर्याल
कृषि मन्त्रालयका प्रवक्ता डा. सुनिल अर्यालले धानको ब्याडमा जाली वा त्रिपाल राखेर जोगाउन सकिने बताउनुभयो । किरा आउने सम्भावना भएका क्षेत्रमा रोपाई केही दिन पर सारेर गर्दा पनि क्षति कम हुने तर्फ ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।
विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव प्रसाद हुमागाईं
प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव प्रसाद हुमागाईंले अहिलेसम्म नेपाल आइपुगेको सलह किराको समूहले क्षति नपुर्याएको बताउनुभयो । किराले क्षति नपुर्याएपनि ढुक्क भएर बस्ने अवस्था नभएको उल्लेख गर्दै उहाँले फेरी हावाको चाप नेपालीतिर भएको अवस्थामा प्रकोप आउन सक्ने सम्भावना रहेको बताउनुभयो । मन्त्रालयले विषदीको लागत राख्न पनि आग्रह गरेको छ । 
स्थानीय एग्रोभेटहरुलाई सूसुचित गरी तयारी अवस्थामा राख्न पनि आग्रह गरिएको छ । खेतबारी, सार्वजनिक स्थान वा जंगलमा किराले आश्रय लिएको पाइएमा तत्काल विषादीको प्रयोग गर्न सकिने मन्त्रालयले जनाएको छ । विषादी प्रयोग गर्दा साँझपख वा विहानै स्प्रेयरबाट छरेर सलह किरा मार्न सकिन्छ । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी