×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खेती सखाब पार्ने सलह किरा डडेल्धुरामा पनि देखियो,बाली जोगाउन चिन्तित बन्दै कृषक !

PRIME CA

खेती सखाब पार्ने सलह किरा डडेल्धुरामा पनि देखियो,बाली जोगाउन चिन्तित बन्दै कृषक !

१६ असार २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • दिपकराज भट्ट/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
डडेल्धुरा । खेतीबालीका लागि निकै खतरनाक मानिएको सलह कीरा डडेल्धुरामा पनि देखिएको छ । डडेल्धुराको  परशुराम नगरपालिका–४, कटालमा  कीरा देखिएको स्थानीयको भनाइ रहेको छ । किसानहरूले धेरै मात्रामा अनौठो फट्याङ्ग्रा आएको खबर दिएपछि स्थलगत अनुगमनमा जाँदा आफूले थोरै मात्रामा सलह देखेको नगरपालिकाको कृषि शाखाका प्राविधिक सहायक कालुसिंह बोहराले जानकारी दिए ।
किसानले खबर गरेपछि आफूहरू अनुगमनमा गएको र सोही क्रममा धान र मकैको खेतमा सलह देखेको बोहोराले बताए । ठूलो बथानबाट ती कीरा छुट्टिएर आएको हुन सक्ने उहाँको भनाई रहेको छ । यो किरा छिमेकि मुलुक भारत बाट आएको अनुमान गरिएको छ । ती कीराले बालीमा खासै नोक्सान नगरेको भएतापनि आफूहरूले कृषकलाई ठूलो आवाज गरेर सलह भगाउने सल्लाह दिएर आएको उनले जानकारी दिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: