
- अर्थसरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले सलह किरोको मुल्य निर्धारण गरेको छ । नेपालमा भित्रिएको अनिकाल निम्त्याउने सलह किरो ल्याए प्रति किलोको २५ रुपैँया दिने सुदूरपश्चिम प्रदेश सरकार अन्तरगतको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आइतबार धान दिवसको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलन बताएको छ ।
सलह किराले नित्याउन सक्ने अनिकाल र भोकमरीको समस्यालाई मध्यनजर गर्दै क्षति कम गर्न किरा संकलन गरि स्थानिय तहका वडा कार्यालयमा बुझाउनेलाई एक किलोग्रामको २५ रुपैयाँका दरले नगद प्रोत्साहन दिने व्यवस्था गरिएको मन्त्रालयका प्रवक्ता खगेन्द्र प्रसाद शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “सलह किरा जम्मा गरेर ल्याउनेलाई वडा कार्यालयहरुले तत्काल नगद दिनेछ ।”
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्