
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । कोरोनाका कारण ओमानमा अलपत्र परेका १६६ नेपाली काठमाडौं आइपुगेका छन् । उनीहरु सलाम एयरको चार्टर विमानमार्फत दिउँसो काठमाडौंमा अवतरण गरेका हुन् ।
उक्त विमानमा एक जना नेपाली कामदारको शव पनि छ । सर्लाहीको हरिपुर्वाका नरेन्द्र भिक्टा धोवीको शव ल्याइएको हो । सन् २०१७ मार्च २९मा उनी एक्साभेटर अप्रेटरका रुपमा ओमान गएका थिए । उनको गत वैशाख १६ गते निधन भएको थियो ।
ओमानबाट सलाम एयरमार्फत आएका उनीहरुले ११५ ओमानी रियाल अर्थात् ३६ हजार नेपाली रुपैयाँ तिरेका छन् । उनीहरु सरकारले तोकेकोभन्दा सस्तो भाडादरमा स्वदेश फर्किएका हुन्। ओमानबाट फर्किएकाहरुसँग कोरोना परीक्षणको पिसिआर रिपोर्ट नेगेटिभ भएकाले उनीहरु होम क्वारेन्टाइनमै जान पाउने बताइएको छ।
ओमानबाट अर्को उडान असार ४ गते हुने दूतावासले जनाएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्