
- अर्थ सरोकार सम्बाददाता
सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका र कुमाख गाउँपालिकाको विभिन्न क्वारेन्टाइनमा बस्दै आएका २ सय १४ जनालाई घर पठाइएको छ । गत जेठ ५ गतेदेखि भारतबाट आएका नागरिकहरु क्वारेन्टाइनमा बस्दै आएका थिए । उनीहरुको मंगलबार पीसीआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको हो ।
जसमा बनगाड कुपिण्डे नगरपालिकाका १ सय ७२ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई २ हप्तासम्म होम क्वारेन्टिनमा बस्ने गरी घर पठाइएको नगरपालिका मेयर गोविन्दकुमार पुनले जानकारी दिए ।त्यस्तै कुमाख गाउँपालिका ४२ जनालाई पनि पीसीआर रिपोर्ट नेगेटिभ आएपछि मंगलबार नै घर पठाइएको गाउँपालिकाकी अध्यक्ष दिलमाया बुढामगरले जानकारी दिइन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्