
- अर्थ सरोकार सम्बाददाता
सल्यान । सल्यानमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो ।
संक्रमित सबै कुपिण्डे नगरपालिकाका हुन् । उनीहरु नगरपालिकाको वडा नम्बर १, ३, ५, ६ र ७ वडाका हुन् । वडा नम्बर १ का ३४ र ४० वर्षीय, वडा नम्बर ३ का २२ र २८ वर्षीय र वडा नम्बर ५ का २१, २८ र ३६ वर्षीय पुरुष रहेका छन् । यस्तै वडा नम्बर ६ का २३ र वडा नम्बर ७ का २० र २१ वर्षका पुरुष रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए ।
योसँगै सल्यानमा कोरोना संक्रमितको संख्या ३५ पुगेको छ । यस नगरपालिकामा मात्र १२ सयभन्दा बढी नागरिक क्वारेनटाइनमा रहेका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्