Skip to content
LAXMI SUNRISE BANK

अर्थ सरोकारले समाचार प्रकाशन लगत्तै नेकोले कोरोना बीमाको रकम भुक्तानी दियो, रोकियो ‘नौटंकी सभा’ !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । अर्थ सरोकार डटकमले शुक्रबार विहान ‘कोरोना बीमाको पहिलो दाबीकर्ता बने बैंकका कर्मचारी ! ‘हप्तौ बित्दा पनि नेको इन्स्योरेन्सले अझै भुक्तानी दिएन…’ शीर्षकको समाचार प्रकाशित गरेपछि औपचारिक कार्यक्रम गरेर रकम भुक्तानी गर्ने भनी प्लान गरिएको ‘नौटंकी सभा’ स्थगन गर्दै नेको इन्स्योरेन्सले कृषि बिकास बैंक लिमिटेडका कोरोना संक्रमित कर्मचारीलाई कोरोना रकमवापतको बीमा भुक्तानी गरेको छ । 
बैंकले जेठ २३ गते नै भुक्तानीका लागि निवेदन दिइसकेको थियो । तर औपचारिक कार्यक्रम गर्ने भन्दै नेको इन्स्योरेन्सले २९ गतेसम्म भुक्तानी दिएको थिएन । तर यस्तो कदमले नेको इन्स्योरेन्सप्रति नै जनमानसको विश्वास घटेको खबर अर्थ सरोकारले प्रकाशन गरेपछि उक्त भुक्तानी गरिएको हो ।    
‘कम्पनी र बीमक संघ औपचारिक कार्यक्रमकै प्रतीक्षामा थिए । तर अर्थ सरोकारमा समाचार आएपछि तत्काल भुक्तानी दिउँ बरु फेरी औपचारिक कार्यक्रम गरौंला भन्ने कुरा भयो । र तत्काल चेक बन्यो ।’ इन्स्योरेन्सका एक उच्च अधिकारीले अर्थ सरोकार डटकमसँग भने ।    
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK