- अर्थ सरोकार सम्बाददाता
स्याङ्जा । स्याङ्जाका तीनजना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् । जिल्ला अस्पताल स्याङ्जाका कोरोना फोकल पर्सन डा. अञ्जु अर्यालका अनुसार कोरोनाभाइरस निको भएर घर फर्कनेहरु वालिङ नगरपालिकाका एकजना पुरुष र गल्याङ नगरपालिकाका दुईजना पुरुष रहेका छन् ।
जसमध्ये वालिङ नगरपालिका वडा नं. १३ का २१ वर्षीय पुरुष र गल्याङ नगरपालिकाका २७ र ४० वर्षीय पुरुषहरु रहेका छन् । वालिङका गत जेठ १५ र गल्याङका जेठ १८ गतेबाट जिल्ला अस्पतालको आइसोलेसनमा बस्दै आएका थिए ।
उनीहरुको स्वाव दोस्रो पटक परीक्षणका लागि जेठ २२ गते पोखरा पठाइएको थियो । हिजो स्वाव परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई आज घर पठाइएको अस्पतालले जनाएको छ । स्याङ्जामा कोरोना संक्रमितको संख्या ३८ पुगेको छ । जसमध्ये एकजनाले ज्यान गुमाएका भने ३४ जना आइसोलेसनमा छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्