×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाबाट विदेशमा १२५ नेपालीको मृत्यु, ५ हजार ५ सय बढी संक्रमण मुक्त

PRIME CA

कोरोनाबाट विदेशमा १२५ नेपालीको मृत्यु, ५ हजार ५ सय बढी संक्रमण मुक्त

२५ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमणका कारण हालसम्म विदेशमा १२५ नेपालीको मृत्यु भएको छ । यो साता मात्र विदेशमा ६ जना नेपालीको कोरोनाबाट मृत्यु भएको छ भने ५ हजार ५ सय ९० जना संक्रमण मुक्त भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ । यो संक्रमण दर तसाता भन्दा ७५ प्रतिशतले कमी हो ।
सो साता कतारमा ४ जना, कुवेतमा १ जना, युकेमा १ जना गरि ६ जनाले कोरोना भाइरसको कारणले ज्यान गुमाएका छन् । समितिले संकलन गरेको तथ्यांकअनुसार विश्वका ३४ देशमा रहेका नेपालहरु कोरोना भाइरसबाट प्रभावित भएका छन । 
१३ देशमा रहेका नेपालीहरुको ज्यान गएको छ । कोरोना भाइरसका कारण बेलायत, संयुक्त राज्य अमेरिका, युएई साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्र्की, नेदरल्याण्ड, र स्वीडेनमा रहेका नेपालीको मृत्यु भएको छ ।
विदेशमा मात्र १४ हजार ४ सय ५४ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै नेपालमा १३ जनाको मृत्यु भएको छ । नेपाल र विदेशमा गरी कूल मृतकको संख्या १३८ रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: