काठमाडौँ । आठराइ गाउँपालिकाका–२ जनामा बुधबार कोरोना भाइरस कोभिड–१९ पुष्टी भएको छ । आठराई गाउँपालिका–४ का २० वर्षीय युवती र सशस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्प सङ्क्रान्तिमा कार्यरत २९ वर्षीय प्रहरी जवानमा कोरोना भाइरस पुष्टि भएको प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले जानकारी दिए ।
उनीहरुसहित अन्य १९ जनाको गत जेठ १६ गते स्वाब सङ्कलन गरी विराटनगरमा रहेको कोशी अञ्चल अस्पतालमा परीक्षणका लागि पठाइएको थियो । अन्यको टिपोर्ट आउन बाँकी रहेको प्रजिअ न्यौपानेले जानकारी दिए । कोरोना पोजेटिभ देखिएकी युवती गत जेठ १३ गते भारतबाट कपिलवस्तु नाका हुँदै तेह्रथुम आएकी हुन् । उनी छ महिनाको गर्भवती रहेको प्रशासनले जनाएको छ ।
अर्का सङ्क्रमीत सशस्त्र प्रहरी जवान भने गत दुई महिनादेखि क्याम्पमै रहेको प्रजिअ न्यौपानले जानकारी दिए । सङ्क्रमित दुवै जनालाई अहिले आठराइ गाउँपालिकाले तयार गरेको आइसोलेसनमा राखिएको छ । दुवैलाई बिहीबार धरानस्थित कोरोना अस्पतालमा उपचारका लागि पठाइने प्रशासनले जनाएको छ ।
पहिलोपटक कोरोना भाइरस सङ्क्रमित देखिएपछि जिल्लामा उच्च स्वास्थ्य सुरक्षा अपनाइएको प्रजिअ न्यौपानेले बताए । – रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्