- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकको १२औं वार्षिक साधारणसभा असार २१ गते बोलाएकाे छ । बैंकको साधारणसभा उद्योग संगठन मोरङ, तिनपैनी, विराटनगरमा बिहान १०:३० बजेबाट सुरू हुनेछ । यसअघि पनि चैत्र ३० गते आइतबार उद्योग संगठन मोरङ, विराटनगरमा गर्ने भनिएकाे सभा लकडाउनले गर्दा स्थगित भएकाे थियाे ।
यसैगरी, सभामा बैंककाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, बैंककाे आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ ।
त्यस्तै, सभामा हाल कायम चुक्ता पूँजीको ६ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने र संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने विशेष एजेन्डा रहेकाे छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्