×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देशभर धमाधम कोरोनाका बिरामी फेला पर्दै, बुधबार सप्तरीमा थपिए ६ जना कोरोना संक्रमित, आजै १५ जना डिस्चार्ज !

PRIME CA

देशभर धमाधम कोरोनाका बिरामी फेला पर्दै, बुधबार सप्तरीमा थपिए ६ जना कोरोना संक्रमित, आजै १५ जना डिस्चार्ज !

१० असार २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

अर्थ सरोकार सम्बाददाता

सप्तरी । पछिल्लो समय देशभर कोरोना संक्रमित व्यक्तिहरु दैनिक फेला परिरहेका छन् । नेपालमा कोरोना संक्रमितको संख्या १० हजर नाघिसकेको अवस्था छ । यस्तै आज मात्रै विभिन्न जिल्लामा संक्रमित फेला परेका छन् । आज प्रदेश २ अन्तर्गतको सप्तरीमा ६ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै सप्तरीमा संक्रमितको संख्या २ सय २ पुगेको छ ।
सप्तरीको बलानबिहुल गाउँपालिकाका ४ र बोदेबसाईन नगरपालिकाका २ गरी ६ जनामा कोरोना देखिएको गजेन्द्र नारायण सिंह अस्पतालका मेसु डा. रन्जित झाले बताए । यस्तै बुधबारै कोरोना निको भएर ३ महिलासहित १५ जना डिस्चार्ज भएका छन् । १ सय ११ जना संक्रमितको स्थानिय साईकृष्ण अस्पतालको आइसोलेशन कक्षमा उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: